काठमाडौँ । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले रु १ करोड १ लाख १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिष्ठानको निर्णय भएको हो।
शनिबार जारी प्रेस विज्ञप्तिका अनुसार प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक समेत उक्त कोषमा जम्मा गर्ने भएका छन्। विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निःशुल्क आँखा उपचार गर्ने निर्णय भएको समेत उल्लेख छ।
प्रतिष्ठानका अनुसार रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीलाई ग्रामीण आँखा केन्द्रको सहयोगमा टिम बनाई प्रभावित क्षेत्रमा खटाइनेछ।








