रुसी क्षेप्यास्त्र प्रहारबाट किभ र वरपरका क्षेत्रमा ६ जनाको मृत्यु, दर्जन्‌ घाइते

किभ । रुसले युक्रेनको राजधानी किभ तथा त्यसवरपरका क्षेत्रमा रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने दर्जन्‌ै मानिस घाइते भएका छन्। हालैका महिनाहरूमा दुवै देशले एकअर्कामाथि आक्रमण तीव्र पारिरहेका बेला रुसले युक्रेनी सहरहरूलाई लक्षित गरी लामो दूरीका प्रहार बढाएको छ।

किभका मेयर भिटाली क्लित्स्कोका अनुसार रातभर भएको ठूलो परिमाणको क्षेप्यास्त्र आक्रमणले आवासीय क्षेत्र र गोदामहरूमा क्षति पुर्‍याएको छ। किभ सहर सैन्य प्रशासनले यस आक्रमणबाट आवासीय भवनहरू, एउटा स्वास्थ्य संस्था र एउटा शिक्षण संस्थामा क्षति पुगेको जनाएको छ। सहरभित्र मात्रै पाँच जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।

यस्तै, किभ क्षेत्र अन्तर्गत पर्ने ब्रोभारी जिल्लामा भएको अर्को आक्रमणमा परी एक पुरुषको मृत्यु भएको र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तैमुर त्काचेन्कोले जानकारी दिएका छन्। आक्रमणका कारण एउटा औद्योगिक संरचनामा क्षति पुगेको र आगलागी नियन्त्रणका लागि उद्धार टोलीहरू खटिएका छन्।

युक्रेनी वायुसेनाले किभ क्षेत्रको काहार्लिक गाउँतर्फ रुसी ‘कालिब्र’ क्षेप्यास्त्रहरू अघि बढेको चेतावनी जारी गरेको थियो। किभमा निरन्तर रातभरजसो आक्रमण भइरहँदा युक्रेनले पनि विगत साढे चार वर्षदेखि जारी युद्धलाई वार्ताको टेबलसम्म ल्याउन रुसी भूभागमाथिका प्रत्याक्रमणहरूलाई तीव्र पारेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x