बक्स अफिस कलेक्सन: ‘लालीबजार’ शीर्ष स्थानमा

काठमाडौँ । नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको पछिल्लो व्यावसायिक रिपोर्ट सार्वजनिक भएको छ । नेपाल चलचित्र विकास बोर्डले आज जेठ १६ गते शनिवार राती ११स:५९ बजेसम्मको आधिकारिक सिनेपा:@बक्सअफिस विवरण सार्वजनिक गरेको हो ।

यस हप्ताको बक्स अफिस रिपोर्टमा चलचित्र ‘लालीबजार’ ले घरेलु बजारमा एकलौटी वर्चस्व कायम गरेको छ भने ‘परालको आगो’ ले पनि बलियो उपस्थिति जनाएको छ ।

गत वैशाख १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ यस हप्ताको सबैभन्दा सफल चलचित्र बन्न सफल भएको छ । दर्शकको उत्कृष्ट साथ पाउँदै यसले बक्स अफिसमा विस्फोटक व्यापार गरेको छ । यस चलचित्रले कुल २ लाख ६९ हजार २०२ वटा टिकेट बिक्री गर्दै ७ करोड ९० लाख ३१ हजार ४६७.४१ रुपैयाँ ग्रस कलेक्सन गरेका छ ।

त्यस्तै वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले १,५४,०३४ वटा टिकेट बिक्री गर्दै ४ करोड २७ लाख ८४ हजार ४४५.२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

त्यसैगरि चलचित्र ‘मितज्यू’ ले पनि हलहरूमा सुखद व्यापार गर्दै १ करोडको आँकडा पार गरेको छ । यस चलचित्रले ४१,२४८ वटा टिकेट बिक्री गर्दै १,२०,५९,०८२.४३ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

यसबाहेक अन्य केही चलचित्रहरूले भने दर्शक तान्न निकै संघर्ष गर्नु परेको देखिन्छ । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र मालती मङ्गलेले १६,१८८ वटा टिकेट बिक्री गर्दै ५१ लाख ७३ हजार ७९३.८८ रुपैयाँको व्यापार गरेको छ ।

जेठ ८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र काजीले १३,००७ वटा टिकट बिक्री गर्दै ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । त्यस्तै जेठ १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र लाइफ ड्यामेजले १०,८५५ वटा टिकट बिक्री गर्दै ३३ लाख २६ हजार ३२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x