काठमाडौ । काठमाडौँ उपत्यकामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नगरपालिकाले सूचना जारी गर्दै आग्रह गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको वडा नं. २, ३ र ४ मा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपिएआई) अर्थात् ‘बर्डफ्लु’ रोग पुष्टि भएको हो । सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अन्डा तथा दानालगायत रोग सार्न सक्ने सामग्री नष्ट गरी सुरक्षित रूपमा डिस्पोज तथा निःसङ्क्रमण (डिसइन्फेक्सन) गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

बर्डफ्लु पशुपन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले यसको नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आवश्यक रहेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिकाले पन्छीपालन फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, प्रवेश गराउनै परे अनिवार्य रूपमा निःसङ्क्रमण गर्न तथा एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने व्यवस्था गर्न अनुरोध गरेको छ ।

प्रयोग भइसकेका अन्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, फार्म प्रवेशद्वारमा चुना वा निःसङ्क्रामक औषधीसहितको ‘फुटबाथ’ राख्न तथा फार्मभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x