श्रम मन्त्रालयमा चालक पदमा नियुक्त व्यक्ति अपहरण तथा दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सवारी चालक पदमा नियुक्त भएका एक व्यक्ति अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ मा बसोबास गर्दै आएका २७ वर्षीय मुस्तकिम मिँयालाई सोमबार नियन्त्रणमा लिइएको हो। उनीमाथि आरोपित घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उनी २०८२ चैत २७ गते श्रम मन्त्रालयमा हलुका सवारी चालक पदमा नियुक्त भएका थिए। नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ उल्लेख भए पनि प्रहरी अभिलेखमा ‘मुस्तकिम मिँया’ नाम देखिएको छ।

यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एउटै व्यक्ति हुन् वा होइनन् भन्नेबारे यकिन गर्न अनुसन्धान जारी रहेको बताएका छन्।

डिएसपी पुरीका अनुसार सप्तरी जिल्ला अदालत, राजविराजबाट सात दिनको म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीमा दर्ता भएको किटानी जाहेरीमा पीडितलाई एकान्त स्थानमा राखी डर–धम्की दिने, कुटपिट गर्ने तथा कपडा खोल्न लगाई भिडियो खिच्ने कार्य गरिएको आरोप उल्लेख गरिएको छ।

प्रहरीका अनुसार खोजतलासका क्रममा उनलाई राजविराज नगरपालिका–८ क्षेत्रबाट पक्राउ गरिएको हो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x