सरकार गठनबारे रवि लामिछाने-बालेन साहबीच छलफल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहबीच समानुपातिक सांसदको चयन प्रक्रिया र नयाँ सरकार गठनको विषयमा छलफल भएको छ।

छलफल शुक्रबार हात्तीगाउँस्थित लामिछानेको निवासमा भएको हो । रास्वपा स्रोतका अनुसार सभापति लामिछाने अस्वस्थ भएका कारण घरमै बस्दै शीर्ष नेतासँग बैठकमा सहभागी भएका हुन्। उनको सचिवालयले उच्च ज्वरोका कारण लामिछानेले आराम गर्दै बैठकमा भाग लिएको जानकारी दिएको छ।

गत साता सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले कुल २७५ सिटमध्ये १८२ सिट जितेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x