काठमाडौँ । इरानको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई रिहा गरिएको छ । उनलाई बुधबार मुक्त गरिएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
झा इजरायल-अमेरिका र इरानबीच तनाव बढ्नु अघि इन्धन ढुवानीको कार्यका लागि इरान पुगेका थिए । दुबईस्थित एक समुद्री यातायात कम्पनीमा क्याप्टेनको रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए ।
दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाजमा कार्यरत रहेको जनाइएको छ । उनीसँगै अन्य केही भारतीय नागरिकसमेत नियन्त्रणमा परेका थिए । रिहाइसँग सम्बन्धित थप विवरण भने सार्वजनिक गरिएको छैन ।








