अनलाइन सट्टेबाजी एप तथा प्लेटफर्ममा कारोबार नगर्न सर्वसाधारणलाई नेपाल प्रहरीको पुनः आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी एप तथा प्लेटफर्ममा कुनै पनि प्रकारको कारोबार नगर्न सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार सरकारले यसअघि नै यस्ता प्लेटफर्म बन्द गरिसकेको अवस्थामा पनि केही व्यक्ति वा समूहले गैरकानुनी रूपमा कारोबार गरिरहेको पाइएको छ।

उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत फौजदारी अपराधको श्रेणीमा पर्ने ब्यूरोको भनाइ छ। प्रहरीले यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनेछ। दोषी ठहर भएमा कैद वा जरिवाना वा दुवै सजाय हुनुका साथै सट्टेबाजीबाट आर्जित रकम तथा प्रयोग भएका उपकरणसमेत जफत हुने ब्यूरोले स्पष्ट पारेको छ।

ब्यूरोले बन्द गरिएका कुनै पनि अनलाइन सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न तथा नगराउन अनुरोध गर्दै यस्तो गतिविधि देखेमा प्रहरीलाई जानकारी दिनसमेत सबैलाई आग्रह गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x