छोचेन खोला वरपरका हिमचट्टान अझै भत्किने जोखिममा : चिनियाँ जलस्रोत मन्त्रालय

काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर (प्रभाव क्षेत्र वा खाडल) वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। यसले थप ठूलो खतरा निम्त्याउन सक्ने मन्त्रालयको आकलन छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो जानकारी सार्वजनिक गरेको हो। सीसीटीभीका अनुसार, दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा लेदोसहित आएको बाढीको विपद्सँग जोडिएका समग्र जोखिमको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमन जारी राखेको छ।

रिमोट-सेन्सिङ तस्बिरहरूको हालैको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा पहिचान गरिएका १४ वटा हिमतालको जलसतह क्षेत्रमा भने उल्लेखनीय परिवर्तन नआएको र ती ताल समग्रमा स्थिर रहेको मन्त्रालयको भनाइ छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५:४५ बजे खिचिएको ड्रोन तस्बिरका आधारमा छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी अधिकांश बगेर निकास भइसकेको र तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा फर्किएको उल्लेख छ।

यो विपद् भदौ १० गते लाङटाङ लिरुङको उत्तरी मोहडामा हिमचट्टानसहित खसेको पहिरोपछि सुरु भएको थियो, जसले ल्हेन्दे खोला थुनियो र त्यसपछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विपद्मा नौ सयभन्दा बढीको मृत्यु भइसकेको र लगभग चार हजार व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ, जबकि सडक, पुल र भवनलगायत भौतिक संरचनामा पनि क्षति पुगेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x