ट्रम्पद्वारा रुस-युक्रेन युद्ध अन्त्यका लागि दूत परिचालन: विटकफ र कुश्नर मस्को र किभ जाने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने नयाँ प्रस्तावसहित आफ्ना दुई विशेष दूत स्टेभ विटकफ र ज्यारेड कुश्नरलाई मस्को र किभ पठाउने घोषणा गरेका छन्। चार वर्षभन्दा बढी समयदेखि जारी युरोपको यो भीषण सङ्कट रोक्न अमेरिकी प्रशासनले अघि बढाएको यो पछिल्लो कूटनीतिक प्रयास हो। अमेरिकी सञ्चारमाध्यम एक्जिओसका अनुसार अमेरिकी प्रतिनिधिमण्डलले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र आइतबार किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्नेछ। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना दूतहरूले युद्ध रोक्ने ठोस प्रस्ताव लगेको र शान्ति प्रक्रियामा प्रगति हुने विश्वास व्यक्त गरेका छन्। यद्यपि, उक्त प्रस्तावमा युक्रेनले आफ्नो भूभाग त्याग्नुपर्ने शर्त छ वा छैन भन्नेबारे उनले केही खुलाएका छैनन्।

यसैबिच, कूटनीतिक टोलीको भ्रमणअघि मस्को र किभबिच एकअर्काका भूभागमा हवाई तथा ड्रोन आक्रमण तीव्र बनेको छ। ट्रम्पको घोषणा हुनुभन्दा केही घण्टाअघि रुसी ड्रोनले किभस्थित युक्रेनी सुरक्षा सेवा (एसबियु) को मुख्यालयमा आक्रमण गरेको थियो। यस हमलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी दूतहरूको भ्रमण अवधिभर दुवै पक्षबाट आक्रमण रोक्ने गरी अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेका छन्, जसमा रुसको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। राष्ट्रपति ट्रम्प पुन: सत्तामा फर्किएपछि उनका दूत विटकफ र कुश्नर पहिलोपटक युक्रेन भ्रमणमा जान लागेका हुन्। यसअघि उनीहरूले मस्कोको पटक-पटक भ्रमण गरिसकेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x