इरानद्वारा वार्ताको प्रस्ताव र रुस-युक्रेन ऊर्जा युद्धविराम सम्झौता: ट्रम्पको नयाँ दाबी

वासिङ्टन डीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिका सहजै र तुरुन्तै सम्झौता गर्न आतुर रहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा सोमबार एक सन्देश जारी गर्दै ट्रम्पले इरानसँगको वार्तामा सहभागी हुने वा नहुने भन्ने निर्णय अमेरिका आफैँले गर्ने र वासिङ्टन यस विकल्पका लागि खुला रहेको स्पष्ट पारेका छन्।

ट्रम्पका अनुसार तेहरान अमेरिका सम्झौताका लागि निकै आतुर देखिएको छ। अर्को एक छुट्टै पोस्टमा ट्रम्पले रुस र युक्रेन एकअर्काका ऊर्जा पूर्वाधारहरूमाथि भइरहेका पारस्परिक हमलाहरू रोक्न सहमत भएको दाबीसमेत गरेका छन्।

यसअघि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुसका डिजेल पूर्वाधारहरूमाथि आक्रमण नगर्न आग्रह गरेका थिए। रुसी इन्धन संयन्त्रमाथिका आक्रमणका कारण विश्वभर इन्धनको अभाव सिर्जना भई समग्र अर्थतन्त्रमा असर परिरहेको उनको भनाइ छ। विश्वव्यापी रूपमा देखिएको इन्धन सङ्कटको मुख्य कारक मध्यपूर्वको तनाव नभई रुस-युक्रेनबीचको जारी युद्ध रहेको ट्रम्पले दाबी गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x