इरानको चेतावनी: पुनः आक्रमण भए ९० प्रतिशत युरेनियम संवर्धन गर्ने

तेहरान।  इरानले थप सैन्य आक्रमण भएको खण्डमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा संवर्धन गर्ने विकल्प अपनाउन सक्ने चेतावनी दिएको छ।इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले सामाजिक सञ्जाल एक्समा यो अडान सार्वजनिक गरे। “अर्को आक्रमण भएको खण्डमा इरानको विकल्पहरू मध्ये एक ९० प्रतिशत (युरेनियम) संवर्धन हुन सक्छ। हामी संसदमा यसको समीक्षा गर्नेछौँ,” उनले लेखे।

यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन–तेहरान युद्धविरामलाई ‘व्यापक जीवनको क्षति हुनबाट जोगाउने’ कदम भनी बताएकै बेला आएको हो। इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले पनि सोमबार स्पष्ट पारे कि देशको आणविक प्रविधि र युरेनियम संवर्धनमा कुनै सम्झौता हुने छैन।

यो कूटनीतिक तनाव फेब्रुअरी २८ मा सुरु भएको ४० दिने संघर्षको निरन्तरता हो। अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट तेहरान लगायत इरानका अन्य शहर प्रभावित भएपछि तीनै पक्षले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका थिए।

युद्धविरामपछि दुई पक्षका प्रतिनिधिमण्डलहरू अप्रिल ११ र १२ मा इस्लामावादमा भेटे, तर वार्ता निष्कर्षविहीन रह्यो। पाकिस्तानको मध्यस्थतामा थप प्रस्ताव आदानप्रदान भए पनि सहमतिको बाटो खुल्न सकेको छैन। आइतबार इरानले ट्रम्पको शान्ति प्रस्तावमा प्रतिक्रिया पठाएको थियो, जसलाई ट्रम्पले ‘पूर्ण रूपमा अस्वीकार्य’ घोषणा गरे।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x