राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औं राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीमा सफलताको कामना गर्दै नेपाल-बङ्गलादेशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोऱ्याएका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले दुई देशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्धको उल्लेख गर्दै विद्यमान बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको राजदूतावासले जनाएको छ।

Shares
4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x