लेबनानमा सैन्य कारबाही जारी राख्ने इजरायलको चेतावनी, ट्रम्पद्वारा युद्धविरामको प्रयास

तेलअवीव (इजरायल)।  मध्यपूर्वमा जारी तनावका बीच इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामका बावजुत लेबनानमा हेजबुल्लाह विरुद्ध सैन्य कारबाही जारी रहने बताएका छन्। टाइम्स अफ इजरायलका अनुसार रक्षामन्त्री काट्जले इजरायली क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण भएमा बेरुतमा सीधा जवाफी हमला गर्ने चेतावनी दिएका हुन्।

पछिल्लो क्षेत्रीय तनावका बीच इरानबाट आएका धम्कीहरूलाई अस्वीकार गर्दै काट्जले इजरायलमाथि आक्रमणको प्रयास गरिए कडा प्रतिक्रियाको सामना गर्नुपर्ने स्पष्ट पारेका छन्।

अर्कोतर्फ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोकिएको घोषणा गरेका छन्। एकअर्का विरुद्ध शृङ्खलाबद्ध आक्रमण गरेपछि सार्वजनिक टिप्पणी गर्दै नेतान्याहूले तेहरानले इजरायली क्षेत्रमा आफ्ना गतिविधि बन्द गरेसँगै लडाइँ रोकिएको दाबी गरे।

यसैबीच, इरानी सेनाले लेबनानको समर्थन र इजरायली सैन्य कारबाहीको जवाफमा आफूले आक्रमण गरेको जनाएको छ। तस्निम समाचार एजेन्सीका अनुसार इरानी सशस्त्र बलले लेबनानी जनताको रक्षाका लागि इजरायलमाथि आक्रमण गरिएको विज्ञप्ति मार्फत उल्लेख गरेको छ।

 इजरायलले आफ्ना सैन्य कारबाहीहरू जारी राखेमा इरानले पुनः सैन्य कदम चाल्ने तयारी गरेको छ। लेबनानमा हेजबुल्लाहका ठेगानाहरू विरुद्ध इजरायली सेना सक्रिय रहे पनि, यदि आक्रमण नरोकिए पहिलेभन्दा अझ कडा र दमनकारी उपायहरू अपनाइने इरानी विज्ञप्तिमा उल्लेख छ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले तेहरान आफ्नो राष्ट्रिय हितको रक्षा र कूटनीतिक संलग्नता दुवैमा प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्स (X) मा धारणा राख्दै पेजेस्कियनले सैन्य तयारी र कूटनीति राष्ट्रिय शक्तिका पूरक स्तम्भ भएको उल्लेख गरे। उनले देश कुनै पनि खतराको सामना गर्न पछि नहट्ने तर वार्ताको ढोका सधैं खुला राख्ने रणनीतिमा रहेको स्पष्ट पारे।

तेल अवीभ र तेहरानबीच तीव्र रूपमा बढेको शत्रुता र प्रतिआक्रमणलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल युद्धविराम लागू गराउने प्रयास गरिरहेका छन्।द्वन्द्वको पूर्ण समाधानका लागि शान्ति सम्झौताको अन्तिम चरणको वार्ता भइरहेको दाबी गर्दै ट्रम्पले यो प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको बताए। यद्यपि, सम्झौता निष्कर्षमा नपुगेसम्म इरानमाथि वासिङ्टनको आर्थिक तथा राजनीतिक अवरोधहरू कायमै रहने उनको भनाइ छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x