आठ लाख अवैध नगद बरामद; दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं ।  सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ स्थित सीमा क्षेत्रमा नियमित सुरक्षा गस्तीमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रु आठ लाख नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भारतबाट मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गर्दा शरीरमा लुकाइराखेको उक्त रकम बरामद भएको हो। बरामद नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप कानुनी अनुसन्धान अघि बढाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x