तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारीको निधन

थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन भएको छ । उनी तीन वर्षभन्दा बढी समयदेखि कोमामा थिइन् । उनको ४७ वर्षको उमेरमा निधन भएको शाही दरबारले घोषणा गरेको छ ।

सन् २०२२ को डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला उनी अचानक ढलेकी थिइन् । चिकित्सकहरूका अनुसार उनको मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अत्यन्त अनियमित भएको थियो, जसका कारण उनी बेहोस भएकी थिइन् । त्यसयता ऊनी कोमामा थिइन् ।

शुक्रबार बिहान जारी गरिएको दरबारको वत्तव्यमा भनिएको छ, ‘चिकित्सकहरूको टोलीले सम्भव भएसम्मको सबैभन्दा नजिकबाट र सघन उपचार प्रदान गर्‍यो, तर ऊनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गयो ।’ वत्तव्यअनुसार उनको बिहीबार साँझ स्थानीय समयअनुसार ७ः४८ बजे निधन भएको हो ।

उनको निधनसँगै थाइल्याण्डको शाही परिवारले आफ्नो सबैभन्दा सक्षम र सार्वजनिक रूपमा सक्रिय सदस्य गुमाएको छ । साथै, भविष्यमा शाही उत्तराधिकारको प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने व्यक्तित्व पनि गुमेको विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x