काठमाडौँ । संसद् बैठकका क्रममा अमर्यादित आचरण प्रदर्शन गरेको भनिएका सांसदहरूको विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको छ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा जानकारी दिँदै सम्बन्धित घटनाको छानबिनका लागि समिति बनाइएको बताएका हुन्।
सभामुखका अनुसार समितिलाई आवश्यक अध्ययन, तथ्य संकलन तथा मूल्यांकन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
संसदीय मर्यादा र आचरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष मूल्यांकन गर्दै आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्ने अपेक्षा गरिएको छ।








