अमेरिका-इरान सम्झौता: इरानी स्वीकृतिको पर्खाइमा ह्वाइट हाउस

वासिङ्टन डीसी अमेरिका र इरानबीच भइरहेको सम्भावित सम्झौताको टुङ्गो लाग्न अझै केही दिन लाग्न सक्ने अमेरिकी राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) ले जनाएको छ । इरानी नेतृत्व तहबाट औपचारिक स्वीकृति आउन बाँकी रहेकाले सम्झौताका लागि केही समय लाग्ने एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रतिवेदनमा उल्लेख छ ।

दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको र केही दिनभित्रै सम्झौता सम्पन्न हुने अपेक्षा गरिएको एक वरिष्ठ अमेरिकी अधिकारीले दाबी गरे । वार्ता अन्तिम चरणमा पुगे पनि सबै कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक घोषणा गरिने ती अधिकारीको भनाइ छ ।

क्षेत्रीय शान्ति र आणविक कार्यक्रमसम्बन्धी विवाद समाधानका लागि यो सम्झौता महत्त्वपूर्ण हुने अपेक्षा गरिए पनि सहमतिका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई वार्तामा धैर्यता र सावधानी अपनाउन निर्देशन दिएका छन् । उनले दुवै पक्षले पर्याप्त समय लिएर गम्भीरतापूर्वक निर्णय लिनुपर्ने धारणा राखेका हुन् ।

सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म अमेरिकाले इरानी बन्दरगाहहरूमाथि लगाउँदै आएको नाकाबन्दी भने यथावत् रहने ह्वाइट हाउसले प्रस्ट पारेको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x