तनहुँ । तनहुँको भानु नगरपालिका–३ अन्तर्गत कुकुर्दीदेखि तुरतुरेसम्मको सडक खण्ड आगामी १० दिन दैनिक आठ घण्टा बन्द हुने भएको छ। सडक विस्तारका लागि चैत २१ देखि ३० गतेसम्म उक्त खण्डमा यातायातमा रोक लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म गरी दैनिक जम्मा आठ घण्टा सडक अवरुद्ध गरिनेछ। यस अवधिमा सवारी तथा यात्रुले वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।








