खजुरा क्षेत्रमा फुटबलप्रतिको आकर्षण बढ्दो, स्थानीय प्रतियोगितामा उल्लेख्य दर्शक सहभागिता

राँझा (बाँके) । नेपालगञ्ज रङ्गशालामा दर्शकको उपस्थिति घट्दै गइरहेको अवस्थामा बाँकेको खजुरा क्षेत्रमा भने फुटबल खेलप्रति स्थानीयको चासो बढ्दै गएको पाइएको छ। खजुरा क्षेत्रमा सञ्चालन हुने सानादेखि ठूला फुटबल प्रतियोगिताहरूमा स्थानीय दर्शकको सहभागिता निकै उत्साहजनक रहेको छ।

क्षेत्रका विभिन्न गाउँमा हुने फुटबल प्रतियोगिता हेर्न दुर्गम गाउँहरूबाट समेत दर्शक मैदानसम्म पुग्ने गरेका छन्। अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले खजुरा क्षेत्रमा हुने फुटबलमा खेलाडी र दर्शकको उपस्थितिले खेलप्रतिको आकर्षण वृद्धि भइरहेको संकेत गरेको बताए।

शाहीले भने, “नेपालगञ्ज रङ्गशालामा हुने फुटबल प्रतियोगितामा दर्शक सङ्ख्या न्यून हुँदा खजुरा क्षेत्रमा भने यो सङ्ख्या बढ्दै गएको छ। खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादनको उर्वर क्षेत्र हो, यहाँ फुटबलप्रति स्थानीयको छुट्टै खालको लगाव छ।”

खजुरा गाउँपालिकामा नियमित रूपमा ठूला तथा साना पुरस्कार राशिका फुटबल प्रतियोगिता आयोजना हुँदै आएको र यसले खेलाडी र फुटबलप्रेमीहरूमा उत्साह थपेको शाहीको भनाइ छ।

खजुरा गाउँपालिका–४ डीगाउँमा करिब ६० लाख रुपैयाँको लागतमा ‘एन्टी एरिना प्रथम खजुरा गोल्डकप’ सञ्चालन भइरहेको छ। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीका अनुसार प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

खत्रीले भने, “पहिलो पटक गाउँमा गोल्डकप आयोजना गर्दैछौँ, सबैको साथ र सहयोग प्राप्त भएको छ। करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने हाम्रो अनुमान छ।” उनका अनुसार यस प्रतियोगितामा स्थानीय क्षेत्रका साथै नेपालगञ्ज र कोहलपुरबाट समेत दर्शक आउने गरेका छन्।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँस्तरमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै फुटबल खेलको विकासमा टेवा पुग्ने बताए। उनले आगामी वर्षदेखि यस गोल्डकपलाई पालिकाको वार्षिक बजेटमा समावेश गरी निरन्तरता दिने जानकारी दिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x