इरानमाथि अमेरिकी नौसैनिक नाकाबन्दीको निर्णयलाई इजरायलको समर्थन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध नौसैनिक नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई आफ्नो देशको समर्थन रहने स्पष्ट पार्नुभएको छ। पाकिस्तानमा भएको शान्ति वार्ताका क्रममा इरानले गरेका प्रतिबद्धताहरू उल्लङ्घन गरेको उल्लेख गर्दै प्रधानमन्त्री नेतान्याहुले राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाको पक्षमा उभिने बताउनुभएको हो।

अमेरिकी प्रशासनको यो निर्णयलाई समर्थन गर्दै उहाँले इजरायलले यस विषयमा संयुक्त राज्य अमेरिकासँग निरन्तर समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

इस्लामावादमा आयोजित शान्ति वार्तामा इरानले आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग गर्न असहमति जनाएपछि राष्ट्रपति ट्रम्पले आइतबार ‘स्ट्रेट अफ हर्मुज’ मा नौसैनिक नाकाबन्दी गर्ने आदेश दिनुभएको थियो। पाकिस्तान वार्ताका अधिकांश बुँदामा सहमति जुटे पनि तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषयमा सम्झौता गर्न अस्वीकार गरेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको अमेरिकी दाबी छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x