नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व : बलाधिकृत केसी

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले कल्याणकारी कार्यलाई आयमूलक र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले कल्याणकारी कार्यलाई केवल वितरणमुखी मात्र बनाउन नहुने बताएका हुन् ।

सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात समेत समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुन आवश्यक रहेको बताए । उनले सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील बन्न आग्रह गरे ।

रथी केसीले राष्ट्रिय एकीकरणको इतिहासदेखि नै सेनाले अतुलनीय योगदान पु¥याउँदै आएको बताए । उनले वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्नसक्ने सक्षम संस्थाको रूपमा नेपाली सेनालाई थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताए ।

उनले भने, ‘भुतपूर्व सेनाहरुलाई स्थानीय स्तरमै उत्पादनशील, सिर्जनशील र उद्यमशील बनन आग्रह गर्दछु । नेपाली सेनाको संस्थागत प्रयास र यहाँहरुको सुझाव, समन्वय, सहकार्यबाट मात्र कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न सम्भव हुन्छ । साथै उपलब्ध श्रोतको अधिकतम सदुपयोग गर्दै व्यवहारिक र कार्यान्वयनयोग्य सुझावलाई चरणवद्ध रुपमा सम्बोधन गर्न प्रतिवद्ध छौँ । अनुशासित, निःस्वार्थी र सेवाभावको परम्परा पुस्तान्तरण हुनु नै नेपाल र नेपाली सेनाको लागि गौरवको विषय हो । तसर्थ गौरवशाली इतिहास भएको नेपाली सेनामा आवद्ध सन्ततिहरुलाई सेवा प्रवेश गर्न प्रेरित गर्नुहुने सबै अभिभावकहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आफ्नो सन्ततिहरुलाई सैनिक सेवा प्रवेशको लागि थप प्रेरित गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाली सेनाले देशको सार्वभौमिकताको रक्षार्थ वहन गरेको भुमिकाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पु¥याएको योगदानले आज सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको उनको भनाइ थियो ।

केसीले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता र व्यावसायिक चरित्रको समेत प्रशंसा गरे ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x