यि हुन आजपाद्धारा प्रदेशमा तोकिएका इन्चार्ज, अध्यक्ष सहितका कमाण्डर

काठमाडौं । आम जनता पार्टी (आजपा) ले प्रदेश कमिटीको जिम्मेवारी हेरफेर गरेको छ । आजपा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, प्रवक्ता, कार्यालय सचिव लगायतका जिम्मेवारीमा हेरफेर गरेको छ ।

आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहका अनुसार जिम्मेवारी हेरफेर गर्दै पार्टीलाई थप सशक्त बनाउने र पार्टीद्धारा जारी आन्दोलनका कार्यक्रमलाई व्यवस्थित रुपमा अगाडी बढाउने निर्णय भएको छ ।

सात प्रदेश सहित उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्जका साथै पार्टीको प्रवक्ता, कार्यालय सचिव लगायतका जिम्मेवारी तोकिएको उनले जनाएका छन् । कोशी प्रदेशको इन्चार्जमा तिलक थापामगर, सहइन्चार्जमा जुरीलाल मोची, मधेश प्रदेशको इन्चार्जमा त्रिभुवन साह (अमर), अध्यक्षमा उमेश कुशवाहा, बागमती प्रदेशको इन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा पासाङ तामाङलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी, उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा देवी पण्डित रेग्मी, अध्यक्षमा बिजय यादव, गण्डकी प्रदेश कमिटीको इन्चार्जमा तिलक थापामगर, सहइन्चार्जमा भोजराज त्रिपाठी, अध्यक्षमा चेतबहादुर कुमाल, लुम्बिनी प्रदेशको इन्चार्जमा राधेश्याम गुप्ता, सहइन्चार्जमा विद्या शर्मा, अध्यक्षमा शालिग्राम पाठक, कर्णाली प्रदेशको इन्चार्जमा विद्याप्रसाद शर्मा, अध्यक्षमा राम विष्ट र सुदुरपश्चिम प्रदेशको इन्चार्जमा विक्रम बहादुर बम र अध्यक्षमा विष्णु सिंह बोहरा रहेका छन् ।

आजपाले पार्टीको केन्द्रिय प्रवक्तामा तिलक थापामगर, चन्द्रभुषण साह र सुभाष साहलाई जिम्मेवारी तोकेको छ । यस्तै कार्यालय सचिवमा रबिन्द्र सिंह, रञ्जुकुमारी साह र बालकृष्ण सापकोटालाई जिम्मेवारी तोकिएको आजपा संगठन विभाग प्रमुख साहले जनाएका छन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा ७ चैतमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पुर्नगठनका साथै नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

१३ सदस्यीय केन्द्रीय कार्यालय, ९१ सदस्यीय केन्द्रीय सचिवालय २५७ सदस्यीय केन्द्रीय सदस्य र बैकल्पिक सदस्य सहित ३३७ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन गरिएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x