ड्रोन आक्रमणको उच्च जोखिमपछि मस्कोका चारवटै प्रमुख विमानस्थलको उडान प्रभावित

मस्को । रूसको राजधानी मस्कोलाई लक्षित गरी आएका करिब ६० वटा ड्रोन खसालिएपछि सुरक्षा सतर्कता अपनाउँदै त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेको विवरण अनुसार मस्कोतर्फ उडिरहेका ५९ वटा ड्रोनलाई रक्षा प्रणालीले आकाशमै नष्ट गरेको छ । हालैका महिनाहरूमा रूसले युक्रेनी सहरहरूमा हवाई आक्रमण तीव्र पारेसँगै युक्रेनले पनि रूसको भित्री भूभागसम्म ड्रोनमार्फत जवाफी आक्रमण गर्दै आएको छ । यद्यपि, सोमबार खसालिएका ती ड्रोनहरू युक्रेनबाटै प्रक्षेपण गरिएका हुन् या अन्यत्रबाट भन्नेबारे मेयर सोब्यानिनले स्पष्ट खुलाएका छैनन् ।

रूसी उड्डयन अधिकारीहरूले उडान र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मस्को क्षेत्रका चारवटै विमानस्थलमा उडान तथा अवतरण अस्थायी रूपमा रोकेका थिए । विमानस्थल बन्द हुँदा केही समय हवाई तालिका प्रभावित भए पनि स्थिति नियन्त्रणमा आएपछि स्थानीय समयअनुसार बिहान ५:३९ बजेदेखि ती विमानस्थलहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएको अधिकारीहरूले जनाएका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x