तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: विपिन, जसिता र पल शाहलाई अवार्ड

काठमाडौँ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ ।

आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । यसैगरी चलचित्र ‘जेरी अन टप’ बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ ।

कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ ले जितेको छ । यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’ का निर्माता सन्तोष सेनलाई सम्पानित गरियो ।

आफ्नो जीवनको पहिलो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै अभिनेत्री जसिता गुरुङले उक्त अवार्ड सम्पूर्ण दर्शकप्रति समर्पण गरिन् । ‘सोसियल आइकन एक्टर अवार्ड’ बाट सम्मानित अभिनेता पल शाहले यस अवार्डले आफूलाई थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि आफ्नो संस्था मार्फत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका नवीन चौहानले कामको मूल्याङ्कन भएकोमा आयोजकलाई धन्यवाद दिँदै आफू निकै गद्गद् भएको बताए।

महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा। महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण ‘इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद’ रहेको थियो । वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल बोलाएर पहिलो पटक ‘नेपाल चलचित्र अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद सम्पन्न भएको थियो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x