रविले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं- ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् ।

बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा उनले रास्वपा सभापति लामिछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहने वचन दिएको बताएका हुन् ।

लामिछानेको फोनपछि आफूहरूले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको उनको भनाई छ ।

रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा) की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथि हुने बताए ।

उनले भने ‘हामीले सबैसँग कुरा गरेर नै उम्मेदवार दर्ता गराएको हो । स्वयं रास्वपा सभापति रवि लामिछानेज्यूले नै फोन गरेपछि हामीले उम्मेदवारी दर्ता गरेको हो, अब हामीले दर्ता गराएका छौँ, अब अरू उहाँहरूले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, गरुन् । उहाँहरूले अर्कोतिर समर्थन गरेर राजनीति गर्नुहुन्छ भने गरुन्, त्यसमा मेरो केही आपत्ति छैन । मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो । रास्वपा सभापति रवि लामिछानेज्यूले फोन गरेपनि नै हामीले उम्मेदवारी दिएको हो । सबै प्रतिपक्षी एक भएपछि गरेको हो, अब राजनीतिमा त्यो तलमाथि भइहाल्छ, त्यो भयो भने भोली हामी पनि देखाउँला के भयो र ।’

उनले खसआर्य पुरुष समुदायको सभामुख भएपछि जनजाति महिलालाई उपसभामुखको उम्मेदवार बनाएको बताए ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x