Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने

फोनपे नेटवर्कले प्रकोप रिकभरी ड्रिल सञ्चालन गर्ने कारण देखाउँदै इसेवाका केही सेवा पाँच घण्टाका लागि अवरुद्ध हुने जनाएको छ । इसेवाले मंगलबार दिउँसो एक सूचना जारी गर्दै मंसिर १७ गते राति अर्थात् बुधबार बिहान १२ः३० बजेदेखि बिहान ५ः३० बजेसम्म फोनपेका सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने जनाएको हो । 

यो ड्रिल फोनपे नेटवर्कको प्रणालीलाई थप सुदृढ बनाउन र भविष्यमा आउन सक्ने सम्भावित प्रकोपहरूबाट बच्न गरिएको नियमित प्रक्रिया भएको जनाइएको छ । फोनपे नेटवर्कमा हुने यस कार्यका कारण इसेवाको बिजनेस क्यूआर पेमेन्टलगायत केही सेवा पनि प्रभावित हुने सूचनामा उल्लेख छ । यसबाट ग्राहकवर्ग तथा मर्चेन्टहरूमा पर्न सक्ने असुविधाप्रति इसेवा परिवारले क्षमासमेत मागेको छ ।