आजको मौसम अपडेट (१२ चैत)

देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल छ।

दिउँसोको पहाडी र हिमाली भेगमा बादल लाग्नेछ भने अन्य भू–भागमा मौसम सफा रहनेछ। सबै प्रदेशको पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र हल्का वर्षाको सम्भावना छ। केही ठाउँमा हिमपात पनि हुन सक्छ।

राति पहाडी र हिमाली भू–भागमा सामान्य बादल रहनेछ भने तराईमा आंशिक बादल हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x