दक्षिण लेबनानमा इजरायली सैन्य कारबाही तीव्र: ७ को मृत्यु, धार्मिक स्थलमा क्षति

बेरुत ।  इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमण र स्थलगत कारबाहीमा शनिबार कम्तीमा ७ जनाको ज्यान गएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार आक्रमणमा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने सर्वसाधारणका घर, सवारी साधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।यसैक्रममा इजरायली सेनाले सीमावर्ती यारुन गाउँमा अवस्थित एक क्याथोलिक कन्भेन्ट (धार्मिक निवास) को केही हिस्सा बुलडोजर लगाएर भत्काएको छ। युद्धका कारण उक्त कन्भेन्ट पहिले नै खाली भइसकेको र त्यहाँ आश्रित ननहरू विस्थापित भइसकेको बताइएको छ।

इजरायली रक्षा बल (IDF) ले उक्त कन्भेन्टको प्रयोग हिजबुल्लाहले रकेट प्रहार गर्ने पूर्वाधारका रूपमा गरेको दाबी गरेको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै भवन धार्मिक संस्था भएको जानकारी प्राप्त भएपछि थप क्षति हुन नदिएको उल्लेख गरेको छ।

यद्यपि, लेबनानको क्याथोलिक चर्चले इजरायली दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। चर्चका प्रतिनिधिहरूले उक्त स्थल विशुद्ध रूपमा धार्मिक, शैक्षिक र मानवीय कार्यका लागि मात्र प्रयोग हुँदै आएको स्पष्ट पारेका छन्। धार्मिक स्थललाई सैन्य प्रयोजनमा प्रयोग गरिएको भन्ने आरोप आधारहीन रहेको भन्दै चर्चले इजरायली कदमको कडा निन्दा गरेको छ।

गत अप्रिल १७ देखि युद्धविराम लागू भएको भनिए पनि सीमा क्षेत्रमा इजरायल र हिजबुल्लाहबीचको सैन्य टकराव रोकिएको छैन। इजरायली सेनाले पछिल्लो २४ घण्टामा मात्रै दक्षिण लेबनानका विभिन्न स्थानमा ५० भन्दा बढी हवाई आक्रमण गरेको जनाएको छ।

सेनाले सुरक्षाको कारण देखाउँदै दक्षिणी लेबनानका ९ वटा गाउँका बासिन्दालाई तत्काल घर छाड्न चेतावनी (Evacuation Warning) दिएको छ। यसले गर्दा उक्त क्षेत्रमा सर्वसाधारणको विस्थापन र त्रास थप बढेको छ। हिजबुल्लाहले पनि इजरायली कारबाहीको जवाफ दिँदै आएको छ, जसका कारण सीमा क्षेत्रमा तनावपूर्ण स्थिति यथावत छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x