कैलालीमा ट्रकको ठक्करबाट गोरुगाडामा सवार दम्पतीको मृत्यु

काठमाडौं । कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । बुधबार राति कैलारी गाउँपालिका-५ बजैपुरस्थित सडक खण्डमा भएको सो दुर्घटनामा परी स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरीको ज्यान गएको हो ।

प्रहरीका अनुसार ना ६ ख ७७८ नम्बरको ट्रकले गुडिरहेको गोरुगाडालाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले सेतानु चौधरीलाई मृत घोषणा गरेका थिए भने कलसु चौधरीको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा गोरुगाडामा बाँधिएको एउटा गोरुको समेत मरेकाे छ भने अर्को एक गोरु घाइते भएको छ । प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक धनगढी उपमहानगरपालिका-३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x