प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौँ। नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएका बालेन्द्र शाहलाई अष्ट्रेलिया सरकारले हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेको छ।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै बधाई सन्देश पठाउनुभएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।

विदेशमन्त्री वोङले आफ्नो सन्देशमा नेपाल र अष्ट्रेलियाबीचको दशकौँ पुरानो मित्रता र घनिष्ठ सम्बन्धलाई स्मरण गर्नुभएको छ। अष्ट्रेलियाले नेपालको विकास र लोकतान्त्रिक स्थिरतामा सधैँ साथ दिँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

बधाई सन्देशमा विदेशमन्त्री वोङले भन्नुभएको छ:  “एक शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि नेपालको भूमिका महत्वपूर्ण छ। यस साझा लक्ष्य प्राप्तिका लागि प्रधानमन्त्री शाहसँग नजिक रहेर सहकार्य गर्न म र अष्ट्रेलियाली सरकार तत्पर छौँ।”

प्रधानमन्त्री शाहको नियुक्तिसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा थप ऊर्जा थपिने र विशेषगरी युवा नेतृत्वले विश्व मञ्चमा नयाँ पहिचान बनाउने अपेक्षा गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x