फेक ‘रेस्क्यु’मा संलग्न शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बिमा रकम दाबी गरी ठगी गर्ने सिन्धुपाल्चोक सोलु दूधकुण्ड नगरपालिका–१ का ५० वर्षीय पासाङ शेर्पालाई आज पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरेको आरोपमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ शेर्पाले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाई बिमा रकम ठगी गरेको अनुसन्धानमा खुलेको प्रवक्ता श्रेष्ठले बताए । प्रहरीले यसअघि पनि फेक रेस्क्युमा संलग्न भएको आरोपमा १० जना पर्यटन व्यवसायी तथा अस्पतालको सञ्चालकलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकाले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसुर तथा संगठीत अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x