सुन तोलामा ९ सय र चाँदी १० रुपैयाँले बढ्यो

११ कात्तिक, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर तीन हजार ९८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार दुवै धातुको मूल्यमा सामान्य वृद्धि देखिएको हो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार