टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै

११ कात्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

दुवै टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । पोखरा एभेन्जर्सका लागि यो संस्करणको पहिलो खेल हो भने सुदूरपश्चिमले दोस्रो खेल खेल्दैछ ।

सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो । त्यसैले पोखराविरुद्धको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा सुदूरपश्चिम रहेको छ ।

पोखरा भने पहिलो खेलमै जित निकालेर प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments