संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीमा नियुक्त भएपछिको यो शाहको पहिलो विदेश भ्रमण हो। नेपाली प्रतिनिधिमण्डल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न ४:१५ बजे कतार एयरवेजको उडानमार्फत न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहाकार कुमार व्यञ्जनकार, मुख्य निजी सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत समावेश छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् भने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यतालिका छ। उच्चस्तरीय सत्रमा नेपालको कूटनीतिक उपस्थिति र अन्तर्राष्ट्रिय मञ्चमा देशका प्राथमिकता प्रस्तुत गरी प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा स्वदेश फर्कनेछन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest