न्युयोर्कमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता तय: कूटनीतिक पहलले गति लिने अपेक्षा

न्युयोर्क।  युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ। दुवै नेताहरूबीच टेलिफोनमा भएको कुराकानीपछि न्युयोर्कमा भेट्ने सहमति बनेको हो।

सोमबार सामाजिक सञ्जाल ‘X’ मा जानकारी गराउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, “यो भेटवार्ताले धेरै कुरा परिवर्तन गर्न सक्छ। अहिले कूटनीतिक वातावरणमा सकारात्मक गति देखिएको छ।”

टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच अमेरिकी विशेष दूतहरू स्टिभ विटकफ र जारेड कुश्नरले हालै गरेको युक्रेन भ्रमणबारे पनि छलफल भएको छ। जेलेन्स्कीका अनुसार शान्ति प्रक्रियालाई अगाडि बढाउनु नै किभको पहिलो प्राथमिकता रहँदै आएको छ।

वार्तामा दुवै पक्षले तनाव कम गर्ने  उपायहरूका साथै ऊर्जा सुरक्षा, खाद्य सुरक्षा र नागरिकको जीवन रक्षा जस्ता मौलिक सुरक्षाका विषयहरूमा विचार आदानप्रदान गरेका थिए। युक्रेन अमेरिकी टोलीसँग निरन्तर काम गर्न र शान्ति स्थापनाका लागि “साँचो अर्थमा गम्भीर कदमहरू” चाल्न तयार रहेको जेलेन्स्कीले स्पष्ट पारेका छन्। न्युयोर्कमा हुने यो उच्चस्तरीय भेटले रुस-युक्रेन द्वन्द्व समाधानका लागि नयाँ मार्गप्रशस्त गर्ने अपेक्षा Kyiv Post ले व्यक्त गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments