खानाका पकाउने ग्यासको अभावमा सास्ती: बालाजुमा सिलिन्डर बोकेर लामबद्ध नागरिक

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमबार मध्यान्ह खाना पकाउने ग्यास (एलपीजी) को अभावका कारण सयौँ सर्वसाधारण हातामा रित्तो रातो सिलिन्डर बोकेर घन्टौँसम्म लामबद्ध हुन बाध्य भएका छन्। चन्द्रागिरि र अन्य नाकाहरूमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल प्रभावित भई आपूर्ति प्रणालीमा अवरोध आएपछि काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको हो।

चर्को घाम र गर्मीका बीच ग्यास पाउने आशामा सर्वसाधारण बिहानैदेखि लाममा बसेका छन्। बजारमा ग्यासको सहज आपूर्ति नहुँदा काठमाडौँका विभिन्न स्थानमा उपभोक्ताहरूले सास्ती व्यहोर्नुपरेको छ।

ग्यास उद्योगी तथा प्रशासनले भने आपूर्तिका वैकल्पिक मार्गहरू प्रयोग गरी ग्यासका बुलेटहरू उपत्यका भित्र्याउने प्रयास भइरहेको जनाएका छन्। सडक खुलाएर आपूर्ति सहज नभएसम्म उपभोक्तालाई संयमित भई उपभोग गर्न र कालोबजारी नगर्न-नगराउन प्रशासनले आग्रह गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x