ड्रोन आक्रमणमा दुई बालबालिकाको मृत्यु: रुसको क्रास्नोदार र ई-कमर्स क्षेत्र निशानामा

मास्को । रुसको दक्षिण-पश्चिमी सहर क्रास्नोदारमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परी दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।क्रास्नोदार क्राइका गभर्नर भेनियामिन कोन्द्रात्येभले सामाजिक सञ्जालमा जानकारी दिँदै ड्रोनका टुक्राहरू एक निजी बाल केन्द्रमा खस्दा दुर्घटना भएको बताए। आक्रमणबाट घाइते भएका सात बालबालिका र दुई वयस्कको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

गभर्नरका अनुसार रातभर भएको आक्रमणबाट आवासीय भवनहरू, निर्माणाधीन अपार्टमेन्ट र भण्डारण गृहहरूमा क्षति पुगेको छ।

यसैबीच, रुसको प्रमुख ई-कमर्स कम्पनी ‘ओजोन’ (Ozon) को क्रास्नोदारस्थित बन्दोबस्ती केन्द्रमा पनि आइतबार राति आक्रमण भएको छ। कम्पनीका अनुसार कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएकाले मानवीय क्षति हुन पाएन भने भण्डारण गृहको काम हालका लागि स्थगित गरिएको छ।

ओजोनको भण्डारण गृहमा यसै साता भएको यो तेस्रो आक्रमण हो। यसअघि शनिबार सामारा र आइतबार ओरेनबर्ग क्षेत्रमा रहेका कम्पनीका संरचनामा आक्रमण भएको थियो।

यसअघि युक्रेनी ड्रोनहरूले रुसको अर्को ठूलो खुद्रा विक्रेता कम्पनी ‘वाइल्डबेरिज’ (Wildberries) का पूर्वाधारहरूलाई मात्र लक्षित गर्दै आएकामा अहिले ओजोनका केन्द्रहरूलाई पनि निशाना बनाउन थालेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments