युएफा अध्यक्ष चेफेरिनद्वारा फिफा नेतृत्व परिवर्तनको चेतावनी: इन्फान्टिनोलाई पद छाड्न आग्रह

लण्डन । युएफा (UEFA) का अध्यक्ष अलेक्ज्याण्डर चेफेरिनले आफू फिफा (FIFA) अध्यक्ष जियानी इन्फान्टिनोको स्थान लिन इच्छुक नरहेको तर दबाबमा परेका इन्फान्टिनोले पद छाड्नुपर्ने वा नेतृत्वको चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

फिफाद्वारा आयोजित प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने योजना अघि सारेपछि इन्फान्टिनोको चर्को आलोचना भइरहेको छ। यद्यपि पछि सो योजना फिर्ता लिइएको थियो। युरोपेली फुटबलको सर्वोच्च निकाय युएफाले फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिँदै आएको छ भने अन्य महादेशीय महासङ्घहरूले पनि इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिन थालेका छन्।

एक पोडकास्टमा बोल्दै ५८ वर्षीय स्लोभेनियन प्रशासक चेफेरिनले आफू फिफा अध्यक्षको दौडमा नरहने स्पष्ट पारे। उनले युएफामै रहेर काम गर्न चाहेको र पदको आकाङ्क्षी नबन्दा आफ्नो विश्वसनीयता अझ उच्च रहने बताए।

इन्फान्टिनोको स्थिति पहिले जस्तो बलियो नरहेको उल्लेख गर्दै चेफेरिनले आगामी मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसमा उनले कि त राजीनामा दिनुपर्ने वा चुनावी प्रतिस्पर्धाको सामना गर्नुपर्ने दाबी गरे।

इन्फान्टिनोका विरुद्धमा उत्तर तथा मध्य अमेरिका (CONCACAF) का अध्यक्ष भिक्टर मोन्टालियानी र एसियाली फुटबल महासङ्घ (AFC) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल-खलिफाले उम्मेदवारी दिन सक्ने आकलन गरिएको छ।

यसैबीच, ५६ वर्षीय इन्फान्टिनोले डोमिनिकन रिपब्लिकमा क्षेत्रीय फुटबल अधिकारीहरूसँग भेटघाट गर्दै पछिल्ला केही सातामा विभिन्न विचार र मतहरू आएको र ती सबैलाई सुन्नु महत्त्वपूर्ण रहेको बताएका छन्। उनले आफूले पाइरहेको समर्थनबाट खुसी रहेको दाबी समेत गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x