काँकडभिट्टाबाट एक वर्षमा नौ करोड ८४ लाख बराबरको सागसब्जी निर्यात

झापा । नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा नौ करोड ८४ लाख १४ हजार रुपैयाँ बराबरको सागसब्जी भारत, बङ्गलादेश र अमेरिका निर्यात गरेको छ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त नाकाबाट ६ हजार ५१९ मेट्रिक टन सागसब्जी निर्यात भएको हो।

निर्यात भएकोमध्ये सबैभन्दा ठूलो हिस्सा बन्दागोभीको रहेको छ। एक वर्षमा ६ हजार २०१ मेट्रिक टन बन्दागोभी भारत पठाइएको र त्यसबाट नौ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको कार्यालयले जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार