टप इन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’ को ब्याटिङ सुरु

काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा सुरु भएको टप इन्ड टी–ट्वान्टी सिरिजमा नेपाल ‘ए’ ले एनटी स्ट्राइकविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ। टस जितेको घरेलु टोलीले फिल्डिङ रोजेपछि नेपाल ‘ए’ ब्याटिङमा आएको हो।

चार ओभरको खेल सकिँदा नेपाल ‘ए’ ले दुई विकेटको क्षतिमा ३० रन बनाएको छ।

छ टोली सहभागी प्रतियोगितामा नेपाल ‘ए’ सहित एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हरिकेन्स, एसीटी कमेट्स र किङ्समेन रहेका छन्। प्रतियोगिता भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।

नेपाल ‘ए’ को कप्तानी अनिलकुमार साहले गरेका छन्। टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शहाब आलम, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments