प्रधानमन्त्री कार्कीद्वारा सम्मान तथा चियापान कार्यक्रम आयोजना

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीलाई सम्मान गर्दै चियापान कार्यक्रम आयोजना गरेकी छन्।

सुशीला कार्कीले बालुवाटारमा आयोजित कार्यक्रममा निर्वाचन आयोग का पदाधिकारी तथा कर्मचारीलाई आमन्त्रण गरी निर्वाचन तोकिएकै समयमा स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेकोमा बधाई दिएकी हुन्।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव कृष्णबहादुर राउत लगायतको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री कार्कीले आयोगको समर्पण र मेहनतको प्रशंसा गर्दै निर्वाचन प्रक्रियाले देशको लोकतान्त्रिक अभ्यासमा गुणस्तरीय मापदण्ड स्थापित गरेको उल्लेख गरिन्। चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन आयोगको नेतृत्वले देखाएको दृढता उल्लेखनीय रहेको उनको भनाइ थियो।

उनले गुणस्तरीय निर्वाचनलाई सुशासनको आधार मानेर यस सफलतालाई दीर्घकालीन लोकतान्त्रिक स्थायित्वसँग जोडेर व्याख्या गरिन्।

सो अवसरमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन परिणामसम्बन्धी प्रतिवेदनको एक प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम लगायत मन्त्रीहरूको पनि सहभागिता रहेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x