चैतका लागि ६ वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको औसत ब्याजदरमा केही गिरावट आएको छ ।

फागुनमा व्यक्तिगततर्फ औसत ४ दशमलव ५६ प्रतिशत रहेको ब्याजदर चैतमा ४ दशमलव ४९ प्रतिशतमा झरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका हुन् ।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् ।

बाँकी १४ बैंकले फागुनकै दरलाई निरन्तरता दिएका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x