रास्वपाले सांसदका स्वकीय सचिवलाई संसदीय भूमिकाबारे अभिमुखीकरण

११ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदका स्वकीय सचिवको भूमिका, जिम्मेवारी र कार्यसम्पादनबारे जानकारी दिइएको हो ।

कार्यक्रममा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी तथा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले स्वकीय सचिवको जिम्मेवारी र कार्यप्रणालीबारे प्रशिक्षण दिएका थिए । बुर्लाकोटीले स्वकीय सचिवको काम सांसदको दैनिक कार्यसम्पादनमा सहयोग पुर्‍याउनेसँगै अध्ययन, समन्वय, सूचना व्यवस्थापन र नागरिकसँगको सम्पर्कलाई व्यवस्थित बनाउने रहेको बताएका थिए ।

सचेतक परियारले स्वकीय सचिवको भूमिका र जिम्मेवारीबारे जानकारी दिएका थिए भने सचेतक धितालले सहभागीका प्रश्न, जिज्ञासा तथा व्यावहारिक चुनौतीबारे स्पष्ट पारेकी थिइन् । संसद्को आधिकारिक विवरणअनुसार बुर्लाकोटी गोरखा–२ बाट निर्वाचित रास्वपाका सांसद हुन् भने परियार रास्वपाबाट प्रतिनिधिसभा सदस्य छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments