पहिरोमा एक जनाको मृत्यु, मधेसमा सयौँ घर डुबानमा

११ असोज, जनकपुरधाम । अविरल वर्षापछि मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो । वर्षाका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सीमावर्ती क्षेत्रमा करिब २५० घर डुबानमा परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–७, ११ र १२ मा कोशी बाँधको दक्षिणतर्फका थप २०० घरमा पानी पसेको प्रहरीले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments