पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन जना बेपत्ता

पाल्पा । पाल्पाको माथागढी र रिब्दीकोट गाउँपालिकामा आइतबार गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार माथागढी गाउँपालिका-२ रुप्से रजाउलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ थिमुरे धुस्टुङकी ५९ वर्षीया कृष्णकुमारी सारूको पहिरोमा पुरिएर मृत्यु भएको हो। प्रहरी टोलीले शवहरू उद्धार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाएको छ।

यसैगरी , माथागढी गाउँपालिका-३ कसेनी भैंसेकट्टामा गएको पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरेको छ। घर पुरिँदा घर्तीका परिवारका दुई सदस्य र छिमेकीकी एक छोरी गरी तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments