चितवन । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत नाम्सी खोला नजिकै पहिरो खस्दा सवारी आवगमन ठप्प भएको हो।
यसैगरी , पृथ्वी राजमार्गका दुई फरक स्थानमा समेत पहिरो खसेका कारण यातायात सेवा रोकिएको छ। पहिरो हटाई सडक सञ्चालनमा ल्याउन र सवारी साधनको आवगमन सहज बनाउन अहिले पहिरो पन्छाउने काम निरन्तर जारी रहेको छ।