प्रतिनिधि सभाको बैठक आज बस्दै: ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ सहित चार विधेयक पेस हुने

काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको कार्यभारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउने कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

यसैगरी, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पशुको सङ्क्रामक रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्।

यसैबिच, प्रतिनिधि सभाको बैठकबाहेक आजै पाँच वटा संसदीय समितिका बैठकहरू पनि बस्दै छन्। सङ्घीय संसद सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments