अमेरिकी जहाजमाथि आक्रमण नगर्ने हुथीको प्रतिबद्धता, साउदी गठबन्धनविरुद्ध चेतावनी

इरान । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रातो सागरमा अमेरिकी जहाजहरूमाथि कुनै आक्रमण नगर्ने स्पष्ट पारेका छन्। यद्यपि, उनीहरूले साउदी अरेबियासँग पुनः भड्किएको गृहयुद्धमा अन्य देशहरूलाई सहभागी नहुन कडा चेतावनी दिएका छन्।

हुथीको राजनीतिक ब्युरोका सदस्य मोहामेद अल-बुखैतीले Associated Press सँगको कुराकानीमा अमेरिकाको ट्रम्प प्रशासनलाई यसबारे आश्वस्त पारिएको बताएका हुन् यमनको सानाबाट जुम  मार्फत दिएको अन्तर्वार्तामा बुखैतीका अनुसार, यसै महिनाको सुरुमा हुथी विद्रोहीहरूले यमनको पश्चिमी तट हुँदै रणनीतिक हिसाबले संवेदनशील बाब अल-मन्देब जलडमरूमध्यसम्म तीव्र गतिमा नियन्त्रण कायम गरेपछि वासिङ्टनले उनीहरूसँग सम्पर्क बढाएको थियो।

“हामीले बाब अल-मन्देबमा साउदी शत्रु बाहेक अमेरिका वा अन्य कुनै पनि राष्ट्रलाई लक्षित गरिरहेका छैनौँ भनेर स्पष्ट पारिसकेका छौँ,” बुखैतीले भने। उनी थप्छन्, “अहिलेको स्थिति पनि यही हो।”

हुथी विद्रोहीहरूले साउदी अरेबियालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेका छन्। बुखैतीका अनुसार, रियाधले हुथी नियन्त्रित क्षेत्रमा विगत एक दशकदेखि लगाएको नाकाबन्दी नहटाएसम्म र रातो सागरका बन्दरगाहहरूमा जहाज आवतजावत सहज नगरेसम्म साउदीविरुद्धको कारबाही रोकिने छैन।

यस संकटलाई लिएर यमन द्वन्द्वले पुनः क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तरंग पैदा गरेको छ। हुथीले साउदी मोर्चामा अन्य देश संलग्न भए द्वन्द्वलाई थप फराकिलो बनाउने चेतावनी दिएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest