भोटेकोशी बाढीका नौ शव भारतबाट नेपाल ल्याइयो, पहिचान प्रक्रिया अघि बढाइँदै

रूपन्देही, १७ भदौ । भोटेकोशी–त्रिशूली नदीको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित खड्डा र पडरौना क्षेत्रबाट फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याइएको हो।

भारतीय पक्षले मंगलबार पाँच र बुधबार चार शव नेपाल ल्याएको जनाइएको छ। बेलहिया इलाका प्रहरी कार्यालयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

खड्डा थाना क्षेत्रको नारायणी नदी किनारस्थित ठोकर नम्बर ३, मदनपुर सुक्रौली क्षेत्रमा शव फेला परेका थिए। उक्त क्षेत्र नेपाल–भारत सीमास्थित गण्डक बाँधबाट करिब ३५ किलोमिटर टाढा रहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय पक्षले शवको पोस्टमार्टम गर्नुका साथै डीएनएलगायत आवश्यक प्रमाण सुरक्षित राखेको जनाएको छ। शव पहिचानका लागि नेपालमा थप फोरेन्सिक प्रक्रिया अघि बढाइनेछ।

नेपाल प्रहरीले बुधबार बिहानसम्म भारतमा भोटेकोशी बाढीबाट बगेका नौ शव फेला परेको विवरण सार्वजनिक गरेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x